२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी बलियो बनाउन आपसमा खुट्टा नतानी काम गर्न कार्यकर्तालाई निर्देशन

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत पार्टी बलियो बनाउन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

उनले पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन आग्रह गरे । उनले भने, ‘ । म हाम्रो पार्टीको कार्यकर्तालाई भन्न चाहन्छु । आफ्नो पार्टी पनि बलियो बनाउनुस् । समाजवादी मोर्चालाई पनि गतिशील बनाउनुस् ।’

उनले एकीकृत समाजवादी माओवादीमा विलीन हुने प्रचार भएको भन्दै मन मिल्ने पार्टीहरूका बीचमा एकता गर्न समाजवादी मोर्चाभित्र रोक नलगाइएको बताए ।

‘म सुन्ने गर्दछु, यो मोर्चा बनाएपछि यो पार्टीहरू विलीन हुनेछन् । हाम्रै पार्टीभित्र पनि कतिपयलाई लागेको छ, यो माओवादीमा विलीन हुने हो कि भनेर । अरु कसैलाई जनता समाजवादी पार्टीमा लागेको पनि होला । जताजता मिल्न मन लागेको छ, उहाँहरूलाई मिल्नमा हामी रोक लगाउँदैनौँ । तर हाम्रो पार्टीको कुरा हामी भन्नेछौँ ।’ उनले भने ।

उनले सङ्गठनलाई गतिशील बनाउन र जनतामा जान मोर्चामा आबद्ध पार्टीका सबैलाई आग्रह गरे । उनले आपसमा खुट्टा नतानी काम गर्न निर्देशन दिए ।

उनले भने, ‘प्रत्येक पार्टीलाई भन्न चाहन्छु, तपाईँहरू आ-आफ्नो ठाउँमा जनताको माझमा जानुस् । सङ्गठन गतिशील बनाउनुस् । जनतासँग जोडिनुस् । राम्रो काम गर्नुहोस् । राम्रो व्यवहार देखाउनुहोस् । असल आचरण देखाउनुहोस् । तपाईँहरू असल नेता बन्नुहुनेछ ।’

काम गर्न सके काम गर्न र काम गर्न नसके बाटो छोड्न पनि उनको आग्रह छ । ‘तपाईँहरूलाई म भन्न चाहन्छु खुट्टा तान्ने होइन । यो अर्को पार्टीको मान्छेले काममा प्रभाव फैलाउन थाल्यो भनेर अन्तर्विरोध गराउने होइन । काम गर्नुस् । गर्नुहुन्न भन्ने पन्छिनुस् । कि काम गर्नुस् कि बाटो छोड्नुहोस् ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस