काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्नेबारे छलफल गर्ने बताएका छन् ।
शुक्रबार समाजवादी मोर्चाको गण्डकीस्तरीय सन्देश सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमणका एजेन्डाबारे बोल्दै यस्तो बताएका हुन् ।
‘प्रचण्ड’ले भने, ‘कोरोला नाका र रूइला नाका खोल्न चीनसँग सहमति गर्ने एजेण्डा तय भइसकेको छ । साथै, पोखरा र लुम्बिनी एयरपोर्टबाट सिधै चीनका विभिन्न सहरमा उडान भर्नेबारे छलफल गर्नेछु ।’