अमेरिकी सिनेटर होलेन काठमाडौँमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अमेरिकी सिनेटर होलेन काठमाडौँमा


१५ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौँ आइपुगेका छन्।

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य-सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य होलेन शुक्रबार नेपाल आइपुगेका हुन्।

काठमाडौँस्थित अमेरिकी राजदूतावासले भ्रमणका क्रममा सिनेटर होलेनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्नुहुने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने जानकारी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस