‘विप्लव’ नेतृत्वको नेकपाद्वारा एमसीसीविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘विप्लव’ नेतृत्वको नेकपाद्वारा एमसीसीविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा


१५ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटीको बैठकले भदौ १९-२३ गतेसम्मको सङ्घर्षको कार्यक्रम घोषणा गरेको एक नेताले बताए ।

ती नेताका अनुसार नुवाकोट, तनहुँ, धादिङ, काठमाडौँ, मकवानपुर, नवलपरासी रुपन्देही, जिल्लामा अन्तरक्रिया कार्यक्रम राखेको छ ।

यस्तै, असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरु हुनेछ । लप्सेफेदीबाट सुरु हुने अभियान पाल्पामा गएर टुङ्गिने बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस