विप्लवद्वारा एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विप्लवद्वारा एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा


१५ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले आन्दोलन घोषणा गरेको हो ।

पहिलो चरणको आन्दोलनअन्तर्गत भदौ १९ गतेबाट नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी, रुपन्देहीमा २३ गतेसम्म अन्तरक्रिया कार्यक्रम तय भएको नेता अनिल शर्माले बताए ।

यस्तै, असोज १ गतेदेखि लप्सेफेदीबाट सुरु हुने एमसीसीविरुद्ध मार्चपास अभियान १५ गते पाल्पामा गएर टुंगिने छ । बैठकमा चार दलीय समाजवादी मोर्चाको विषयमा पनि सामान्य छलफल भएको थियो । ।

Tags :
प्रतिक्रिया दिनुहोस