स्वास्थ्य सेवा विभागले माग्यो १० जना सुरक्षा गार्ड « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य सेवा विभागले माग्यो १० जना सुरक्षा गार्ड


१५ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । स्वास्थ्य सेवा विभागले १० जना सुरक्षा गार्ड करारमा मागेको छ।

विभागले शुक्रबार सूचना जारी गर्दै टेकुस्थित कार्यालयका लागि ७ जना र केन्द्रीय स्टोर, पथलैयाका लागि ३ जना गरी १० जना सुरक्षा गार्ड मागेको हो। त्यसका लागि विभागले इजाजत प्राप्त योग्य तथा इच्छुक फर्म, संस्था वा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको छ।

नियुक्त भएका सुरक्षा गार्डको सेवाअवधि एक वर्ष हुनेछ। सेवा सन्तोषजनक रहेमा एक वर्ष म्याद थप गर्न सकिने समेत विभागले जानकारी गराएको छ।

इच्छुक व्यक्तिले असोज १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस