भोलि काठमाडौँ र ललितपुरका यी क्षेत्रमा साढे ८ घण्टा बिजुली जाने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भोलि काठमाडौँ र ललितपुरका यी क्षेत्रमा साढे ८ घण्टा बिजुली जाने


१५ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा भोलि (शनिबार) साढे ८ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के-थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले टेकु तथा के-थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरुद्ध हुने भएको हो ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ के।भी। लाइन १३२ के.भी. मा चार्ज गर्ने गरी कार्य भइरहेको छ।

प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै के-थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरुबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा भोलि बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत् आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि काम सकिए प्रभावित लाइन सुचारु गरिने जानकारी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस