काठमाडौँ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज बहराइनसँग भिड्दैछ । नेपाल समयअनुसार खेल मलेसियामा बिहान ११ : १५ बजे सुरु हुनेछ।
बिहीबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गर्दै खेलमा विजयी सुरुवात गरेको छ।
त्यस्तै, बहराइनले कतारलाई ५ विकेटले पराजित गरेको थियो। प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई छन्। समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन्।
प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-२० क्वालिफायर खेल्न पाउनेछन्।