न्याय सेवाका शाखा अधिकृतको नतिजा सार्वजनिक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

न्याय सेवाका शाखा अधिकृतको नतिजा सार्वजनिक


१४ भाद्र २०८०, बिहिबार


काठमाडौँ । न्याय सेवाका शाखा अधिकृतको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

लोक सेवा आयोग केन्द्रीय कार्यालय अन्तर्वार्ता तथा सिफारिस शाखाले आयोगको विज्ञापन नम्बर १६६८९/०७८/०७९(खुल्ला) तर्फ नेपाल न्याय सेवाको न्याय, कानुन र सरकारी वकिल समूहका लागि माग गरेका २८ पदको अन्तिम नतिजा सार्वजनिक गरेको हो । 

आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ३९ जना उम्मेदवारहरूमध्ये अन्तर्वार्तामा उपस्थित ३८ जनाको अन्तर्वार्ता, सामूहिक परीक्षण, सूचना प्रविधि सीप परीक्षण र लिखित परीक्षासमेतको प्राप्ताङ्कका आधारमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस