भूकम्पपछि तातोपानी नाका पहिलो पटक मानिस आउजाउका लागि खुल्दै « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

भूकम्पपछि तातोपानी नाका पहिलो पटक मानिस आउजाउका लागि खुल्दै


१४ भाद्र २०८०, बिहिबार


सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सीमा नाका तातोपानी भोलि शुक्रवारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रवारदेखि खुल्ने भएको हो ।

गएको मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । ‘नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ’, उनले भने ।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक गाडीको आवतजावत खुलेको थियो । प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रवारदेखि स्थानीयको आवागमन खुला गरिएको बताउनुभयो । उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस