महावीर पुनद्वारा तीन अन्तर्राष्ट्रिय पदक पुन: बिक्रीमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महावीर पुनद्वारा तीन अन्तर्राष्ट्रिय पदक पुन: बिक्रीमा


१४ भाद्र २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले पुनः आफ्ना तीन अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेका छन्।

उनले सामाजिक सञ्जालमार्फत् अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेको जानकारी दिएका हुन्।

पुनका अनुसार वीरगन्जको कृषि औजार कारखानामा ३ सयदेखि ५ सय केभिएसम्मको ट्रान्सफर्मर दशैं अगाडि नै राख्नुपर्ने भएकाले पदक बिक्रीमा राखिएको हो ।

उनले फेसबुकमा लेखेका छन्, ‘लौ त, आज जनपूर्णिमाको शुभदिनमा केही पैसा भएका साथीहरू मिलेर २० देखि २५ लाख सम्ममा मेरा यी अन्तर्राष्ट्रिय पदकहरू किन्नुहोस् त। नेपालको पदक चाहिँ बेच्न नपाइने भयो। ती पदकहरू किनेर घरमा वा म्युजियममा वा जहाँ इच्छा छ राखे हुन्छ।’

यसभन्दा अगाडि पुनले पदक बिक्री गर्न खोज्दा सरकारले रोक लगाएको थियो।

सम्बन्धित समाचार : विभूषण लिलामीमा नराख्न महावीर पुनलाई गृह मन्त्रालयको पत्र

Tags :
प्रतिक्रिया दिनुहोस