सुन प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुलमाथि अनुसन्धानका लागि पाँच दिन म्याद « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सुन प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुलमाथि अनुसन्धानका लागि पाँच दिन म्याद


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा पक्राउ परेका राहुल महरामाथि अनुसन्धानका लागि पाँच दिनको समय दिइएको छ । काठमाडौँ जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलमाथि हिरासतमा राखी अनुसन्धानका लागि बुधबार पाँच दिनको अनुमति दिएको हो ।

राहुललाई बुधबार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो । इलेक्ट्रिक सिगरेट ९भेप० भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्षसमेत रहेका महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो । तर उनीहरू अनुसन्धानको दायरामा आएका थिएनन् । महरालाई पक्राउ नगरेको विषयमा सरकारको आलोचना भइरहेको थियो ।

२०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो । जाँचपासका क्रममा भेप शङ्कास्पद देखिएपछि भन्सारले जफत गरी गोदाममा राखेको थियो । भेप जफतपछि अत्तालिएको गिरोहले पूर्वसभामुख महरा र छोरा राहुलमार्फत सामान छुटाउन दबाब दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस