यस्ता छन् सिरहामा बसेको एमाले सचिवालय बैठकका निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यस्ता छन् सिरहामा बसेको एमाले सचिवालय बैठकका निर्णय


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय सचिवालय विशेष बैठक सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्बासमा बसेको छ । बैठकले महत्त्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्तावहरू सहित विशेष प्रस्ताव पारित गरेको एमालेका प्रचार विभागले जनाएको छ ।

अम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन गरेको स्थानमा बसेको बैठकमा महाधिवेशन सम्पन्न भएको ३५ औँ वर्ष प्रवेशको गरेको अवसर पारेर सोही ठाउँमा सचिवालयको विशेष बैठक बसेको हो ।

बैठकले चौथोराष्ट्रिय महाधिवेशनको ऐतिहासिक भूमिका, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारी र तत्कालीन सन्दर्भ समेतलाई सम्मान साथ स्मरण गर्नुको साथै यसको भावनालाई आत्मसात् गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैठकको निर्णय सार्वजनिक गर्दै एमालेले भनेको छ, बैठकमा मुलुकको राजनीतिमा पनि ठूला परिवर्तनहरू भएका छन् । मुलुक यतिबेला विद्यमान पञ्चायती तानाशाही र राजतन्त्रलाई समाप्त पार्दै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । जनताका प्रतिनिधिले बनाएको संविधानबाट सञ्चालित छ । जनताका अधिकारहरू संविधानमा संरक्षित छन् । त्यतिबेलाको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी आज देशकै मुख्य राष्ट्रिय शक्तिका रूपमा स्थापित भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस