बागमती प्रदेश सभामा दुई विधेयक दर्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बागमती प्रदेश सभामा दुई विधेयक दर्ता


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । बागमती प्रदेश सभा सचिवालयमा बुधवार प्रदेश सरकारका तर्फबाट दुईवटा विधेयक दर्ता गरिएको छ।

दर्ता गरिएका विधेयकमध्ये प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाको अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान भइसकेको पनि सो सचिवालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस