२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय ९० दशमलव ५९ अङ्कमा कायम भएको छ ।

आज दुई सय ७६ कम्पनीको ३८ लाख तीन हजार दुई सय ४४ कित्ता शेयर ३२ हजार दुई सय ९८ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू एक अर्ब १३ करोड आठ हजार ४४ मा पुगेको छ ।

आजको कारोबारमा व्यापार र होटेल तथा पर्यटन समूहको उपसूचक बढेका छन् भने बाँकी उपसूचक घटेका छन् । व्यापार समूह ३७ दशमलव ५५ र होटेल तथा पर्यटन ७२ दशमलव १५ अङ्कले बढेको बजारमा बैंक शून्य दशमलव ८३, विकास बैंक एक दशमलव ८८, वित्त चार दशमलव ७१, जलविद्युत् पाँच दशमलव ४३, लगानी शून्य दशमलव १३, जीवन बीमा नौ दशमलव ३२, उत्पादन ३६ दशमलव ६१, लघुवित्त १५ दशमलव ५४ र म्युचल फन्ड शून्य दशमलव शून्य सात, निर्जीवन बीमा तीन दशमलव ९३ र अन्य समूह छ दशमलव १४ अङ्कले घटेको छ ।

आजको कारोबारमा सिटी होटेलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा भने मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता छ दशमलव ०२ प्रतिशतले घटेको छ । कारोबारका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेडको रु. १० करोड ९१ हजार दुई सय ९७ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस