२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्रमन्त्री साउद र चिनियाँ राजदूतबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच मङ्गलवार भेटवार्ता भएको छ ।

भेटका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमण र द्विपक्षीय सहमतिका विषयमा उनीहरूबीच छलफल भएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआई परियोजना कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राखेको छलफल हुने हुँदा सोही विषयमा छलफल गर्न राजदूत सोङले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गरेका हुन् ।

अमेरिकी परियोजना एमसीसी कार्यान्वयनका लागि उपाध्यक्ष रहेका क्यामरुन अलफोर्ड काठमाडौँ आइपुगेका बेला चिनियाँ राजदूत सोङ र परराष्ट्रमन्त्री साउदबीच भेट भएको हो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा भाग ३० भदौमा अमेरिका जाने र उक्त कार्यक्रममा सहभागी भएर ५–७ असोजसम्म चीन भ्रमणमा जाने तय भएको छ ।

भ्रमणको औपचारिक घोषणा नहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले सार्वजनिक रूपमै यस विषयमा बोल्दै आएका छन् । मङ्गलवार मात्रै संसदमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले चीन भ्रमणका एजेण्डाहरू प्रस्तुत गरेका थिए ।

उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहने बताएका थिए । भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिइने उनको भनाइ छ ।

प्रधानमन्त्रीले अन्य सार्वजनिक कार्यक्रममा चीनसँग विद्युतीय व्यापार सम्झौतामा हस्ताक्षर हुने दाबी गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस