२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोह्रौँ राष्ट्रिय पुस्तकालय दिवस मनाउन प्रदेश र स्थानीय तहलाई पत्राचार

अ+ अ-

काठमाडौँ । सोह्रौँ राष्ट्रिय पुस्तकालय दिवस, २०८० मनाउन गठित मूल आयोजक समितिले दिवसलाई रचनात्मकरूपमा मनाउन प्रदेश र स्थानीय तहसहित सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा गत साउन २२ गते गठित समितिले ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्य तय गरी दिवसको तयारीलाई तीव्र बनाएको हो ।

मन्त्रालयका उपसचिव, पुस्तकालय समन्वय तथा अभिलेख शाखाका प्रमुख एवं मूल समारोह समितिका सदस्यसचिव यादवचन्द्र निरौलाका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई दिवस मनाउन पत्राचार गरिएको छ ।

केन्द्रस्तरमा काठमाडौँमा हुने दिवसको मूल समारोह समितिको आयोजनामा शिक्षामन्त्री अशोककुमार राईको उपस्थितिमा सम्मान, पुरस्कार वितरण र स्मारिका लोकार्पणलगायतका कार्यक्रम हुनेछ । पुस्तकालयकर्मी, अभियानकर्मी, कर्मचारी र उत्कृष्ट पाठकलाई सम्मान र पुरस्कृत गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

हाल नेपालमा शैक्षिक पुस्तकालय, राष्ट्रिय पुस्तकालय र विशेष पुस्तकालयका अतिरिक्त नौ सय २८ सार्वजनिक पुस्तकालय छन् । प्रमुख निरौलाले हरेक उमेर समूह वा व्यक्तिका लागि पुस्तकालयमा कुनै भेदभाव नभई सबैको सङ्गमस्थलका रूपमा यसलाई लिइने भएकाले यस वर्षको आदर्श वाक्य ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ तय गरिएको बताए ।

रासससँग कुरा गर्दै उनले इतिहासको संरक्षण र संवर्द्धन गर्ने थलो पनि पुस्तकालय भएकाले सूचना प्रविधिको व्यापकतासँगै विद्युतीय पुस्तकालयसम्मको अवधारणालाई कार्यान्वयनमा लान सरकारले तयारी गरेको जानकारी दिए ।
नेपाल पुस्तकालय सङ्घका महासचिव एवं मूल आयोजक समितिमातहतको प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयका अनुसार दिवसको तयारीका क्रममा यसबीचमा राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिसँग अन्तरक्रिया गरिनुका साथै भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको जनाए ।

नेपालमा औपचारिक रूपमा विसं १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गरी यो दिवस मनाउन थालिएको हो । तत्कालीन राजा गिर्वाणयुद्ध वीरविक्रम शाहले वसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि सदन पत्र जारी गरी पुस्तकालयको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस