बुटवलमा आज समाजवादी मोर्चाको सभा, प्रचण्डलगायत शीर्ष नेताले सम्बोधन गर्ने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बुटवलमा आज समाजवादी मोर्चाको सभा, प्रचण्डलगायत शीर्ष नेताले सम्बोधन गर्ने


१२ भाद्र २०८०, मंगलबार


काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाले आज बुटवलमा सभाको आयोजना गर्दैछ । दिउँसो ४ बजे हुने सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मोर्चामा आबद्ध ४ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राज किशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा नेता मनिकर कार्कीले जानकारी दिए ।

जसपा अध्यक्ष उपेन्द्र यादव भारतमा भएकाले उक्त सभामा राज किशोर सहभागी हुनेछन् ।

मोर्चाले बुधबार सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा र २५ गते कोशीको विराटनगरमा घोषणा सभा गर्ने निर्णय गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस