२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुलिखेल नगरपालिकाले फोहर व्यवस्थापनका लागि कोरियाली प्रविधि भित्र्याउँदै 

अ+ अ-

काभ्रेपलाञ्चोक । पर्यटकीय नगर धुलिखेलको फोहर व्यवस्थापन गर्न कोरियाली प्रविधि भित्र्याइने भएको छ। यसका लागि नगरपालिका र दक्षिण कोरियाली कम्पनी ग्लोबलबीच नगरबाट निस्केको कुहिने फोहर वस्तुबाट कम्पोष्ट मल बनाउन सम्झौता भइसकेको छ।

बढ्दो सहरीकरणसँगै धुलिखेल नगरमा उचित डम्पिङसाइट नहुँदा फोहर व्यवस्थापन निकै चुनौती बन्दै गइरहेको बेला दक्षिण कोरियामा यही भदौ पहिलो सातो कोरियाली कम्पनी प्रतिनिधि र नगर प्रमुख अशोक ब्याञ्जूबीच सम्झौता भएको हो। यो प्रविधि भेरी नगरमा पनि लागू गर्न भेरीका प्रमुख सिपी घर्तीसँग पनि उक्त अवसरमा कम्पनीले सम्झौता गरेको छ।

सम्झौतामा दुवै नगरमा कुहिने फोहरलाई मल उत्पादन गरिने उल्लेख गरिएको धुलिखेलका प्रमुख ब्याञ्जूले बताए। ‘फोहर व्यवस्थापनमा कोरियाली प्रविधि लागू गरेपछि कार्बन उत्सर्जन न्यूनीकरणमा ठूलो योगदान पुग्नेछ,’ उनले भने। उनका अनुसार औद्योगिक मुलुक कोरियामा ऊर्जाको चरम सङ्कट भएकाले हाल ६० प्रतिशत कोइला, ग्यास र न्युकिलियर प्लान्टबाट बिजुली उत्पादन गर्दै आएको छ। यस्तै, कोरियाले ६ प्रतिशत मात्रै बिजुली पानीबाट उत्पादन गर्दै आएको छ।

नेपालमै पहिलो पटक वातावरणमैत्री ऐन निर्माण गरेको धुलिखेलले नगरलाई शून्य कार्बन उत्सर्जन नगर बनाउँदै हाल ७० प्रतिशत फोहर पानीलाई शुद्ध बनाई खोलामा पठाउने गरेको छ। दिसाजन्य फोहरबाट ग्यास र मल बनाउनसमेत योजना सुरु गरिएको ब्याञ्जूले बताए। शून्य कार्बन उत्सर्जन गर्ने विश्वका १५ नगरमध्येको एक पर्यटकीय धुलिखेलले थप कार्बन उत्सर्जनको पूर्वाधार र संरचना निर्माण गर्न हाल एक लाख बिरुवा रोपण अभियान सञ्चालन गरेको छ।

वृक्षारोपण अभियानअन्तर्गत धुलिखेलले हाल यस वर्ष ५० हजार बिरुवा रोपिसकेको छ। पाँच वर्षमा पाँच लाख बिरुवा रोपण गर्ने योजना बनाएको नगरले ‘ग्रीन, क्लिन–हेल्दी सिटी’को अवधारणासमेत ल्याएको छ। १२ वडा रहेको धुलिखेलका क्रमशः अभियानलाई योजनाबद्ध तवरले निरन्तरता दिइने जनाइएको हो।

विज्ञका अनुसार २० हजार नयाँ बिरुवा पूर्णरुपमा हुर्कंदा आठ हजार टन कार्बन न्यूनीकरण हुन्छ। यसअनुसार धुलिखेलमा शून्य कार्बन उत्सर्जनार्थ एक लाख बिरुवा पूर्णरुपमा हुर्किए ४० हजार टन कार्बन न्यूनीकरण हुने बताइन्छ।

रोपिएका सबै बिरुवामा जीपीएस् (ग्लोबल पोजिसनिङ सिष्टम)बाट संरक्षण गरिने नगरले जनाएको छ। ‘अब रोपिएका बिरुवामा सबै बिरुवामा जीपीएस् जोडिएको छ, उसैको माध्यमबाट बिरुवाको निगरानी हुनेछ,’ नगरप्रमुख अशोक ब्याञ्जूले भने।

उनका अनुसार यो प्रविधि धुलिखेल र नेपालकै लागि नमुना मानिएको छ। रोपिएका सबै बिरुवालाई नम्बर दिएर प्रणालीमा जोडिएको छ। बिरुवाको अवस्था स्वभाविकभन्दा फरक भए तुरुन्तै प्रणालीमा जानकारी आउने र नगरको सम्बन्धित विभागले सुधारको काम गरिहाल्ने जनाइएको छ।

नगरप्रमुख ब्याञ्जूले वृक्षारोपणसँग शून्य कार्बन उत्सर्जन गर्ने खालका उद्योग मात्रै स्थापना गर्ने, नगरका पूर्वाधार निर्माणलाई वातावरणमैत्री बनाउने, स्थानीय वन संरक्षण गरी वन क्षेत्रलाई सम्पूर्ण भू-भागको ४० प्रतिशतसम्म पुर्‍याउने योजना बनाइएको बताए।

धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलो पटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो। सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरको रूपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको छ। नगरलाई केही महिनाअघि मात्रै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो।

नगर क्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको विषयले पाँच महिनाअघि बेलायतको संयुक्त राष्ट्र सङ्घीय सम्मेलन (कोप-२६)मा समेत चर्चा कमाएको पर्यटकीय उक्त नगरले स्वस्थ सहरका लागि सङ्घीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबिच सात प्रतिबद्धतासमेत जनाइसकेको छ।

सबै स्थानीय दलका प्रतिनिधिबीच अपनत्व बढाउने, स्वस्थ वातावरण, नसर्ने रोग पोषण तथा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रममा जोड दिने, नगरका सम्पूर्ण शिक्षकलाई विशेष स्वास्थ्य तालिम तथा जनचेतनाका कार्यक्रम अभिवृद्धि गर्ने, समुदायका सूचना एकीकृत गरी स्वास्थ्य सूचना केन्द्र सक्रिय बनाउने, स्वास्थ्यसम्बन्धी अनुसन्धानका लागि काठमाडौँ विश्वविद्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मी क्षमता अभिवृद्धिका लागि विशेष तालिम प्रदान गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस