‘नाडा अटो सो २०२३’ आयोजना हुँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘नाडा अटो सो २०२३’ आयोजना हुँदै


११ भाद्र २०८०, सोमबार


काठमाडौँ । नाडा अटो मोवाइल्स एसोसिएसन अफ नेपालले ‘नाडा अटो सो २०२३’ आयोजना गर्ने भएको छ ।

टाटा मोटर्स जेनुइन आयलको प्रयोजनमा यही भाद्र २६ गतेदेखि ३१ गतेसम्म सो प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त प्रदर्शनीको सह-प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड रहेको छ भने प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ पार्टनरमा खल्ती, अफिसीयल इन्टरनेट पार्टनरमा वल्र्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको एक्सपोजीसन एण्ड म्यानेजमेन्ट सर्भिसेज रहेका छन् ।

आयोजकका अनुसार प्रदर्शनीमा ठूला साना गरी करिव १स २० वटा स्टल र ब्लकहरू रहने छन् । उक्त प्रदर्शनीमा अन्तराष्ट्रिय ब्रान्डका सवारी सधन लुब्रीकेन्ट, टायर पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डको अटो सामग्री उत्पादक एवं बस्तु तथा सेवा प्रदायकको सकभागीता रहने छ ।

६ दिनसम्म चल्ने उक्त प्रदर्शनीमा लगभग ७५ हजार आगन्तछुकहरुले अवलोकन गर्ने विश्वास नाडाले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस