एकीकृत समाजवादीनिकट अनेरास्ववियूको अध्यक्षमा लामा र महासचिव महेश चयन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एकीकृत समाजवादीनिकट अनेरास्ववियूको अध्यक्षमा लामा र महासचिव महेश चयन


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीनिकटको विद्यार्थी सङ्गठन अनेरास्ववियूले नयाँ नेतृत्व पाएको छ ।

काठमाडौँमा भएको स्थायी कमिटी बैठकले अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठलाई जिम्मेवारी दिएर महाधिवेशन आयोजक कमिटी बनाइएको हो । लामा अध्यक्ष र श्रेष्ठ महासचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको हो ।

एमाले विभाजनपछि पराजुलीको अध्यक्षतामा अनेरास्ववियू पुनर्गठन भएको थियो । एमाले अदालतबाट ब्युँतेपछि नै पराजुलीको अध्यक्षतामा अनेरास्ववियुको समानान्तर कमिटी बनेकोमा सोही कमिटी नेकपा एसको अनेरास्ववियूमा परिणत भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस