भन्सारद्वारा अवैध सामान बरामद « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भन्सारद्वारा अवैध सामान बरामद


९ भाद्र २०८०, शनिबार


लुम्बिनी । भैरहवा भन्सारबाट फरक सामानको बिजक पेस गरी अवैध सामान भित्र्याउँदै गर्दा भन्सार कार्यालयले बरामद गरेको छ ।

प्लाष्टिकका दानाको बिजकबाट नेपाल भित्र्याउन लागेको दुईवटा ट्रकमा जाँच गर्दा ठूलो परिमाणमा कागजातभन्दा फरक कपडा, काजु, किसमिसलगायत फेला परेको भन्सार कार्यालयले जानकारी दिएको छ ।

भारतबाट प्लाष्टिकका दानाको बिजक पेस गरेर भन्सार गर्ने प्रक्रियामा रहेका दुईवटा ट्रक जाँच गर्दा फरक सामान भेटिएको भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडलले जानकारी दिए । भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लाष्टिक दाना भनिए पनि भौतिक जाँचका क्रममा दुईवटै ट्रकमा ठूलो परिमाणमा फरक सामान फेला परेको उनले बताए ।

ना५ख ३३५ नम्बरको नेपाली ट्रक र युपी ५३ जिटी ०५७८ नम्बरको भारतीय ट्रक भन्सार परिसरबाटै नियन्त्रणमा लिई जाँच सुरु गरिएको भन्सार कार्यालयले जनाएको छ । जयमा ट्रेडर्स र चितवन ह्याचरीको नाममा बिजक बनाएर भन्सारमा प्रवेश गराइए पनि ती व्यावसायिक फर्महरू हाल सञ्चालनमा नभएको कार्यालयले जनाएको छ ।

प्रारम्भिक जाँचका क्रममा शुक्रबार नियन्त्रणमा लिइएका दुईवटा ट्रकमा करिब रु दुई करोड बराबरको रहेको अनुमान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस