पारस खड्काद्वारा क्यानको बागमती प्रदेश अध्यक्षमा उठ्ने घोषणा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पारस खड्काद्वारा क्यानको बागमती प्रदेश अध्यक्षमा उठ्ने घोषणा


८ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट सङ्घ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका ४ जिल्लाको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उठ्न लागेको घोषणा गरे । उनी काठमाडौं जिल्ला क्रिकेट सङ्घका कार्य समिति सदस्य हुन् ।

पारसलाई काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्षहरूले समर्थन गर्ने घोषणा गरेका छन् ।

प्रदेश संरचनालाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा छलफल गर्दा अहिलेका महत्त्वपूर्ण व्यक्ति खड्का भएको र उनमा लिडरसिप क्षमता पनि भएकाले उनलाई प्रदेश अध्यक्षमा अघि बढाउन आफूहरू सहमति भएको भक्तपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष मनिषराज पाण्डेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस