अब कोशीमा एमालेको सरकार बन्छ, मजाले चल्छ : ओली « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अब कोशीमा एमालेको सरकार बन्छ, मजाले चल्छ : ओली


८ भाद्र २०८०, शुक्रबार


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा आफ्नो दलको सरकार बन्ने दाबी गरेका छन् ।

शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधानिक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको बताए । सत्ता पक्षले नबनेको सरकार बन्यो भन्ने, सभामुखलाई राजीनामा गर्न लगाउने जस्ता काम गरेको भन्दै उनले अघि भने, ‘काँग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरेको, संविधान मिच्ने ?

हिजो हतियार उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठूलो विषय नभएको बताउँदै उनले भने, ‘काँग्रेसले त मान्नुपर्थ्यो नि कमसेकम ।’

अबको निकास के भन्ने प्रश्नमा ओलीले भने, ‘अब एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । एमालेले मजाले चलाउँछ ।’

सरकार चलाउन त ४७ (बहुमत) पुर्‍याउनु पर्ला नि भन्ने अर्को प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘४७ होइन, ५० भन्दा माथि जान्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस