२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्री खड्कासँग लेबनानका राजदूत गोउजायलको भेट

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोउजायलले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा उपप्रधानमन्त्री खड्काले दुई देशबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै नेपाल र लेबनानबीच असल सम्बन्ध रहेको भन्नुहुँदै शान्ति स्थापनार्थ युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (युनिफिल) मिशनमा नेपाली शान्ति सैनिक लेबनानमा तैनाथ भई त्यहाँको शान्ति प्रक्रियामा योगदान पुर्‍याउन पाएकोमा खुसी व्यक्त गरे। उनले यसले दुई देशबीचको सम्बन्धलाई विशेष बनाएको उल्लेख गरे ।

साथै, नेपाल र लेबनान दुवै मुलुक प्राकृतिक सम्पदा, संस्कृति र परम्परामा सुन्दर एवं धनी रहेको र पर्यटन उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्ने धेरै सम्भावना भएकाले पर्यटन एवं अन्य क्षेत्रमा लेबनानका तर्फबाट लगानीका लागि आह्वान गरे ।

उपप्रधानमन्त्री खड्काले सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षकको तैनाथीबाट संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानमा पहिलो पटक नेपाली सेना शान्ति सैनिकको रूपमा सहभागी भई शान्ति स्थापना कार्यको यात्रालाई सुरुआत गरेकोले नेपाली सेनाको इतिहासमा कोसेढुङ्गा सावित भएको बताए ।

सन् १९७८ देखि युनिफिल मिसनअन्तर्गत हालसम्म ५० हजारभन्दा बढी शान्ति सैनिक तैनाथ भई आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् । साथै हाल आठ सय ७५ जना शान्ति सैनिक लेबनानमा तैनाथ रही आफ्नो जिम्मेवारी वहन गरिरहेको उनको भनाइ थियो।

सो अवसरमा नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोउजायलले लेबनानमा नेपाली शान्ति सैनिकले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकप्रति लेबनानी जनताको सकारात्मक भावना रहेको कुरा औँल्याए ।

उनले दुई देशबीच पर्यटन, उद्योग, जलस्रोतलगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्भावना रहेको र आफूले त्यसका लागि कार्य गरिरहेको बताए । भेटवार्तामा नेपाली सेनाका प्रधानसेनापति, रक्षा मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै, नेपाली सेनाका अधिकृतहरूको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस