सत्तापक्षलाई ओलीको कटाक्ष ,‘माकुराको जालोमा भैँसी पर्दैन’  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सत्तापक्षलाई ओलीको कटाक्ष ,‘माकुराको जालोमा भैँसी पर्दैन’ 


७ भाद्र २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले आफूलाई जालमा पार्न जाल बिछ्याउँदै हिँडेको टिप्पणी गरेका छन् । 

बिहीबार पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तापक्षले आफूलाई जालमा पार्न जाल बिछ्याउँदै हिँडेको भन्दै माकुराको जालोमा भैँसी पर्दैन भन्दै व्यङग्य गरेका हुन् ।

उनले भने, ‘मलाई थाहा छ विरोधीहरु छन् तिनीहरुले पाएसम्म सत्यका विरुद्ध काम गर्छन् । तिनीहरु हाम्रा विरुद्ध आइलाग्न सक्छन् । म सर्तक छु कानूनी रुपमा पनि कतै एक शब्द नचिप्लियोस् । मेरा काम कारबाहीहरु म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री हुँदा गृहमन्त्री हुँदा मेरा काम कारवाहीहरु एक शब्द नचिप्लियोस् भनेर मैले कानून पल्टाइ पल्टाइ फैसला गर्ने गरेको छु । त्यसकारण यिनीहरुको को इच्छाले केपी ओलीलाई फसाउन माकुराको जालोमा भैँसी पर्दैन भन्ने कुरा यीनिहरुले बुझ्नुपर्छ ।’

उनले झुटैमा जाने हो भने कानूनले आफूलाई हत्कडी लगाउनसक्ने कुनै ठाउँ नराखेको दाबी गरे । उनले भने, ‘झुटैमा जाने हो भने तर कानूनले केपी ओलीलाई हत्कडी लगाउनसक्ने कुनै ठाउँ केपी ओलीले राख्दै राख्दैन । राखेकै छैन । किनकी केपी ओली ढुक्कले भन्छ । ’

Tags :
प्रतिक्रिया दिनुहोस