चालकको स्वास्थ्य परीक्षण यातायात कार्यालयबाट सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चालकको स्वास्थ्य परीक्षण यातायात कार्यालयबाट सुरु


७ भाद्र २०८०, बिहिबार


दाङ । यातायात व्यवस्था कार्यालय तुलसीपुरले आजदेखि सवारी चालक अनुमति पत्र लिने सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै कार्यालयबाटै सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा सुरु गरेको छ ।

कार्यालय प्रमुख रमेश गौतमले सेवाग्राहीको सुविधालाई मध्यनजर गरी स्वास्थ्य सेवा सुरु गरिएको जानकारी दिए । उनले कार्यालयको १३ नं कोठाबाट सेवा दिन थालेको बताए ।

सो सेवा लिने सेवाग्राहीबाट ३८ मात्रै शुल्क लिइने पनि कार्यालय प्रमुख गौतमले जानकारी दिए।

स्वास्थ्य परीक्षणसम्बन्धी सेवा कार्यालयबाटै उपलब्ध हुने भएपछि सेवाग्राहीलाई सहजता हुने बताए । यसअघि सेवाग्राहीले सो सेवा कार्यालय बाहिर रहेका पसलबाट चर्को मूल्यमा लिने गरेका थिए । उनीहरूले स्वास्थ्य सेवा लिएबापत रु. तीन सय शुल्क तिर्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस