अध्यागमनका महानिर्देशक अधिकारीको जिम्मेवारी खोसियो, तानिए गृह  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अध्यागमनका महानिर्देशक अधिकारीको जिम्मेवारी खोसियो, तानिए गृह 


७ भाद्र २०८०, बिहिबार


झलकराम अधिकारी

काठमाडौँ। अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको जिम्मेवारी खोसिएको छ ।

सुन तस्करीमा जोडिएका दावा छिरिङसँगको सम्बन्धको विषय बाहिर आएसँगै अधिकारीलाई महानिर्देशको जिम्मेवारीबाट हटाउँदै मन्त्रालयमा तानिएको हो । 

दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे छानबिनका लागि मन्त्रालय तानिएको मन्त्रालय स्रोतले जनाएको छ ।

महानिर्देशक अधिकारीलाई मन्त्रालयमा तानिएसँगै विभागमा कसलाई पठाउने भन्नेबारे तत्काल निर्णय नभइसकेको बुझिएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस