कार्कीको निधनमा कांग्रेसले दुई दिन पार्टीको झण्डा आधा झुकाउने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कार्कीको निधनमा कांग्रेसले दुई दिन पार्टीको झण्डा आधा झुकाउने


७ भाद्र २०८०, बिहिबार


काठमाडौँ  । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आज बिहान बसेको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । 

बैठकले कार्कीको निधनमा विभिन्न शोक कार्यक्रम पनि तय गरेको छ । बैठकले आज र भोलि दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

यस्तै भोलि शुक्रबार कन्ददेखि जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरू शोक पुस्तिका राख्ने निर्णय गरेको छ । बैठकले स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ । कार्कीको हिजो भदौ ६ गते बुधबार निधन भएको थियो ।

 कार्कीको पार्थिव शरीरलाई आज बिहान श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको थियो । कार्कीको अन्त्येष्टि आज नै पशुपति आर्यघाटमा गरिने कांग्रेसले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस