काँग्रेस नेता राजाराम कार्कीको निधन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेस नेता राजाराम कार्कीको निधन


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता राजाराम कार्कीको निधन भएको छ।

काठमाडौँको वीर अस्पतालमा उपचाररत कार्कीको बुधबार अपराह्न ५ बजे निधन भएको काँग्रेसले जनाएको छ । 

कार्कीको पार्थिव शरीरलाई बिहीबार बिहान ९ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालय सानेपामा राखिने बताइएको छ । 

कार्की धादिङबाट काँग्रेस महासमिति सदस्य थिए। उनी २०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनमा विमलेन्द्र निधि प्यानलबाट महामन्त्री पदका उम्मेदवार थिए तर उनी पराजित भए ।

कार्की काँग्रेस पूर्वकेन्द्रीय सदस्य, नेपाल तरुण दलका पूर्वमहामन्त्री, बागमती प्रदेश सभाका पूर्वसदस्य पनि हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस