२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापान सरकारबाट नेपाल जाइका अलमनाई एसोसियसन (जान) पुरस्कृत

अ+ अ-

काठमाडौँ । जापानको परराष्ट्र मन्त्रालयले सन् २०२३ को ‘फरिअन मिनिस्टर्स कमेन्डेसन अवार्ड’ नेपाल जाइका अलमुनाई एसोसिएसन (जान) लाई दिने निर्णय गरेको छ ।

 नेपालस्थित जापानी राजदूतावासबाट जारी प्रेस विज्ञप्ति अनुसार नेपाल र जापानको मैत्रीपूर्ण सम्बन्धलाई मजवूत बनाउन र जापानका प्रविधिहरू नेपालमा भित्र्याउन लामो समयदेखि निरन्तर रूपमा उल्लेखनीय योगदान गर्दै आएकोले जानलाई यो पुरस्कार दिने निर्णय भएको हो ।

विज्ञप्तिमा जानमा नेपाल सरकारका मुख्य सचिव, सचिवहरू, सहसचिवहरू लगायत विभिन्न सरकारी एवं गैर सरकारी क्षेत्रमा महत्त्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरीरहेका सदस्यहरुको वाहुल्यता रहेकोले नेपालको विकासमा जानका सदस्यहरुको उल्लेखनीय योगदान रहेको उल्लेख गरिएको छ ।

जानका सदस्यहरुको वलियो सञ्जाल (Strong Network) रहेकोले जापानमा अध्ययन तथा तालिममा सिकेका ज्ञान र प्रविधिहरू नेपालमा भित्रउन र राष्ट्र निर्माणमा जानका सदस्यहरुले महत्त्वपूर्ण भूमिकानिर्वाह गरिरहेको राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

जानले यो वर्ष आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाउन लागि रहेको अवस्थामा यस किसिमको महत्त्वपूर्ण पुरस्कार (Award) दिन पाउदा खुशी व्यक्त गर्दै नेपाल र जापानको मित्रता थप मजबूत बनाउन जानका सदस्यहरुले भविष्यमा पनि नेतृत्व लिने विश्वास राजदूतावासले गरेको छ ।

जानका अध्यक्ष डा. रामचन्द्र भुसालले लामो समय देखि जानले नेपाल मैत्री सम्बन्धकायम गर्न र विभिन्न जापानी प्रविधिहरू नेपालभित्र्याउन गरेको योगदानको कदर गर्दै जापान सरकारले यस्तो महत्त्वपूर्ण पुरस्कार (Award) दिने निर्णय गरेबाट जानको योगदानको कदर भएको बताएका छन् ।

अध्यक्ष डा. भुसालले जानका सदस्यहरु जापानमा बस्दा नेपालको सद्भावदूत(Good Will Ambassador) र अहिले नेपालमा बस्दा जापानका (Good Will Ambassador) बनेर नेपाल जापानको मैत्री सम्बन्ध मजबूत बनाउन लागि रहेको बताएका छन् । यस पुरस्कारले आफु र जानका सम्पूर्ण सदस्यहरुलाई आगामी दिनहरुमा अझै सक्रिय भै नेपाल जापान मैत्री सम्बन्ध वलियो बनाउने कार्यमाआ–आफ्नो भूमिका निर्वाह गर्न प्रोत्साहन मिलेको बताएको छन् । साथै जानलाई यो महत्त्वपूर्ण पुरस्कार (Award) दिने निर्णयको लागिजापान सरकार, जापानको परराष्ट्र मन्त्रालय, जापानी राजदूतावास र जाइका नेपाललाई धन्यवाद व्यक्त गरेको कुरा समेत जापानी राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस