२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डुडुवा गाउँपालिद्वारा धानको बीउ उत्पादन

अ+ अ-

खजुरा । किसानलाई बीउ वितरण गर्न बाँकेको डुडुवा गाउँपालिकाले यस वर्षदेखि बीउ उत्पादनको काम सुरु गरेको छ । यस वर्ष धान रोपाइँ हुनु अगावै धानको मुल बीउ उत्पादन गर्न पालिकाअन्तर्गत करिब ३० हेक्टर जमिनमा बीउ छरिएको छ ।

किसानको जमिनमा लगाइएको मूल बीउपछि उन्नत बीउ तयार गरी आगामी वर्ष किसानलाई वितरण गरिने कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताए । उनका अनुसार ३० हेक्टर जमिनमा लगाइएको बीउबाट ९० टन उन्नत जातको बीउ तयार गरी सहकारीमार्फत किसानलाई वितरण गरिनेछ ।

नब्बे टन बीउले एक हजार पाँच सय हेक्टर जमिनमा धान लगाउन पुग्ने हिसाबले यो वर्ष राधा–४ र रामधानको मूल बीउ उत्पादन गरिने कृषि शाखाले जनाएको छ । मूल बीउ उत्पादनपछि बीउ बिजन प्रयोगशालाले प्रमाणीकरण गरेपछि मात्र पालिकाले कृषि प्रशोधन केन्द्रमा भण्डारण गर्ने शाखा प्रमुख शर्माले बताए ।

बीउ लगाएदेखि उत्पादनसम्म कृषि प्राविधिकको टोलीले चार पटकसम्म प्रमाणीकरण गर्न अनुगमन गरिने छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र (नार्क)खजुराबाट रु ८५ प्रतिकिलो दरमा बीउ खरिद गरी ल्याइएको छ । किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र सामग्री र सिँचाइ सेवा उपलब्ध गराइएको शाखा प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार डुडुवा गाउँपालिकाले यस वर्ष धान बीउ उत्पादनका लागि रु २० लाखको लगानी गरेको छ । यो वर्ष उत्पादित बीउलाई आगामी वर्ष किसानलाई सहकारीमार्फत सहुलियत दरमा किसानलाई वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

पालिकाले उन्नत जातको बीउ उत्पादनका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । धानको उन्नत बीउ तयार भएपछि यस वर्षदेखि पालिकाले निर्माण गरेको अत्याधुनिक बीउ प्रशोधन केन्द्रमा बीउ भण्डारणको काम सुरु गर्ने जनाएको छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले गहुँ, मकै र मसुरोको बीउ उत्पादन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चौधरीका अनुसार बीउ उत्पादन तथा भण्डारणपछि पालिकाका कुनै पनि किसानलाई बीउका लागि भौतारिनुपर्ने अवस्था आउँदैन, पालिकाले नै सहुलियत दरमा बीउ र मलखाद वितरण गरी कृषि उत्पादनमा वृद्धि गर्ने छ ।

अध्यक्ष चौधरीले किसानलाई बीउमा आत्मनिर्भर गराउने पालिकाको रणनीतिअनुसार बीउ भण्डार सुरु गरेको र बीउ प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको बताए । बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ स्थित छ सय मेट्रिक टन क्षमताको बीउ भण्डारण घर स्थापना गरिएको छ ।

डुडुवाको कुल क्षेत्रफल नौ हजार एक सय २८ हेक्टर रहेको छ । त्यसमा खेतीयोग्य जमिन चार हजार दुई सय १८ दशमलव ०९ हेक्टर रहेको छ । वडाअनुसार हेर्दा सबैमा आधा क्षेत्रफलमात्रै खेतीयोग्य जमिन छन् । पालिकामा धानबालीको औसत उत्पादन प्रतिहेक्टरमा चार दशमलव तीन मेट्रिक टन रहेको छ । मकैबाली प्रतिहेक्टरमा ८० मेट्रिक टन, आलु प्रतिहेक्टरमा २८ मेट्रिक टन र तरकारी बाली प्रतिहेक्टरमा १० मेट्रिक टन उत्पादन हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस