२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बूढीनन्दामा पहिलो पटक सरकारी पूजा गर्ने तयारी 

अ+ अ-

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बूढीनन्दामा पहिलो पटक सरकारीस्तरबाट पूजा गरिने भएको छ । आउँदो शनिबार सरकारी टोली पूजा सामग्री लिएर बूढीनन्दा प्रस्थान गर्ने छ । 

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा बाजुरा, जुम्ला, डोटी र कालीकोटमा सरकारी पूजा हुने भए पनि बूढीनन्दामा भने योभन्दा पहिले सरकारी पूजा हुने गरेको थिएन । धार्मिकस्थल बूढीनन्दामा पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट पूजाका  लागि सरकारी टोली जाने भएको बूढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहराले जानकारी दिए। 

बडिमालिकामा पहिलेदखि नै जिल्लाबाट सरकारी टोली जाने भए पनि यो वर्षदेखि बूढीनन्दामा पनि पूजा सामग्रीसहितको सरकारी टोली जाने सर्वपक्षीय बैठकबाट निर्णय भएको नगर प्रमुख बोहराले बताए । धार्मिकस्थल बूढीनन्दा ओझेलमा राखी बडिमालिकालई मात्रै बढी महत्त्व दिने गरेको हुँदा आफूले यस्तो प्रस्ताव गरेको उनको भनाइ थियो । सरकारी टोली पूजाका लागि आउने भएपछि स्थानीयवासीसमेत खुसी  भएका छन् ।

साउन शुक्ल चतुर्दशीका दिन मेला लाग्ने धार्मिक तीर्थस्थल बडिमालिका र बूढीनन्दा मन्दिरमा भक्तजन पुगेर पूजाआजा गर्ने प्रचलन छ ।

जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिका मन्दिरमा विशेष पूजा हुने भएकाले भक्तजन वर्षे झरीको परवाह नगरी बडिमालिका माताको दर्शन गर्न उक्त क्षेत्रमा पुग्ने गर्दछन् । बडिमालिका जानुपूर्व भक्तजनले त्रिवेणीमा स्नान गरी मन्दिर परिसरमा जाने गरेका छन् ।

त्रिवेणीमा स्नान गरी बडिमालिका माताको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाइने र पितृ तर्नाका साथै आफूले चिताएको सबै कुरा पूरा हुने जनविश्वास रहेको बडिमालिका मन्दिरका पुजारी भोजराज पाध्यायले बताए। बडिमालिका माताको दर्शनपछि निःसन्तानले सन्तान पाउने, रोग हट्ने र मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।  

चार शक्ति पीठमा एकै साथ पूजा

जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका बडिमालिका, बूढीनन्दा, सुनन्दा, बडालेख, जाल्पादेवीलगायत चार शक्ति पीठमा जनैपूर्णिमाको अघिल्लो दिन एकै साथ पूजा हुने गरेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेका ती चार शक्ति पीठमा आ-आफ्नै ठाउँमा पूजा आरधाना गरेर मेला भर्ने गरिन्छ । 

बडिमालिका, बूढीनन्दा, सुनन्दा र जाल्पादेवी चार बहिनी भएकाले उनीहरुको एकै साथ पूजा हुने गरेको हो । बूढीनन्दा जाने भक्तजनले बडिमालिकालगायत अन्य तीर्थयात्रा जान नपाइने धार्मिक मान्यता रहिआएको छ । बडिमालिका जाने तीर्थयात्रीले बूढीनन्दा गएमा कुनै क्षति हुनसक्ने जनविश्वास रहिआएकाले आ-आफ्नै ठाउँमा पूजा वा मेला लाग्ने गरेको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस