उपप्रधानमन्त्री खड्काद्वारा काँग्रेसका मन्त्रीहरूसँग छलफल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उपप्रधानमन्त्री खड्काद्वारा काँग्रेसका मन्त्रीहरूसँग छलफल


५ भाद्र २०८०, मंगलबार


अवरुद्ध राजमार्ग तत्काल सञ्चालनको व्यवस्था मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली काँग्रेसका मन्त्रीहरूसँग छलफल गरेका छन् ।

सरकारमा काँग्रेसको नेतृत्व गरेका खड्काले मङ्गलवार पार्टीबाट मन्त्री बनेका नेताहरूसँग रक्षा मन्त्रालयमा छलफल गरेका हुन् ।

क्यानडा भ्रमणमा रहेका कारण अर्थमन्त्री डा. प्रकाशशरण महत भने सहभागी भएनन् । छलफलमा सरकारको काम कारबाहीको विषयमा कुराकानी भएको एक मन्त्रीले जानकारी दिए ।

गत महिना भएको काँग्रेस केन्द्रीय कार्यसमिति बैठक र संसदीय दलको बैठकमा सरकारको कामको आलोचना भएको थियो ।

पछिल्लो समय सरकारले गरेको राम्रो कामको जस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लिने तर ल्हारक्याल लामाको नियुक्तिजस्तो विवादास्पद विषयको जिम्मा काँग्रेसले पनि बोक्नुपरेको केही नेताहरुले बताएका थिए ।

संसदीय दलको बैठकमा काँग्रेस उपसभापतिसमेत रहेका खड्काले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्यालको नियुक्तिको विषयमा प्रधानमन्त्रीसँग असन्तुष्टि राखेको जवाफ दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस