२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँ अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी

अ+ अ-

तनहुँ । आर्थिक वर्ष २०७९/८० मा जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदका बढी रहेका छन् । अदालतमा कूल दुई हजार नौ सय २४ मुद्दा दर्ता भएकामा नौ सय २७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । 

त्यसमध्ये सात सय ५९ फर्छ्यौट भई एक सय ६८ सम्बन्धविच्छेदका मुद्दा फर्छ्यौटको चरणमा रहेको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए । त्यसै गरी कूल दर्ता भएका मुद्दामध्ये एक हजार आठ सय २३ फर्छ्यौट भई एक हजार एक सय एक मुद्दा फर्छ्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । 

अन्य मुद्दाको तुलनामा सम्बन्धविच्छेदका मुद्दा बढिरहेका छन् । त्यसअनुरूप कूल मुद्दाको ३१ दशमलव सात प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेका छन् । वैदेशिक रोजगारीमा गएका व्यक्तिका पत्नी, सानै उमेरमा प्रेम विवाह गरेका र उमेर परिपक्व भएपछि आपसी कुराकानी नमिल्दा सम्बन्धविच्छेद हुने गरेको उनले बताए । 

त्यसै गरी अन्तरजातीय विवाहपश्चात् घरपरिवारले नस्विकार्दा, अपेक्षाअनुरूप महिलाको माग पूर्ति नहुँदा, समयमा मायाप्रेम नपाउँदा आत्मसम्मानबाट अपहेलित हुँदा लगायतका घटनाबाट पनि महिलाले सम्बन्धविच्छेद गर्ने गरेको पाइएको छ । अदालतमा मुद्दा ल्याएर दण्ड दिइनु मात्रै विकल्प नभएकाले मनोसामाजिक परामर्श दिन आवश्यक देखिएको जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले बताए । 

“मानिसमा अझै पनि सचेतना जगाउन आवश्यक छ”, उनले भने, “यस्ता कार्यलाई न्यूनीकरण गर्दै कानुनी कारबाहीमा कमी ल्याउन सक्नुपर्छ ।” त्यसै गरी अंशबन्डाका पाँच सय नौ मुद्दामा दुई सय ५९ फर्छ्यौट भई दुई सय ५० बाँकी रहेका छन् । विवाहसम्बन्धी ३० मध्ये १५ फर्छ्यौट भएका छन् भने १५ बाँकी रहेका छन् । लिखत बदरका एक सय ७६ मा ७० फर्छ्यौट भई एक सय छ प्रक्रियामा रहेका छन् । त्यसै गरी लेनदेनका एक सय २७ मध्ये ८२ फर्छ्यौट भई ४५ प्रक्रियामा रहेका छन् । 

जग्गासम्बन्धी २४ मध्ये १३ फर्छ्यौट भएका छन् भने ११ फर्छ्यौट हुन बाँकी रहेको सो कार्यालयले जनाएको छ । बहुविवाहका २३ मध्ये १२ फर्छ्यौट भई ११ मुद्दा प्रक्रियामा रहेका छन् । त्यसै गरी जबर्जस्ती करणीका ७२, कर्तव्य ज्यानका ३४, ज्यान मार्ने उद्योगका २३, आत्महत्या दुरुत्साहनका आठ, हाडनाताका आठ मुद्दा दर्ता भएको स्रेस्तेदार पौडेलले बताए ।  

त्यसै गरी जबर्जस्ती करणी उद्योगका छ, बालयौन दुरुपयोगका चार, गर्भपतनका तीन, छुवाछूतका दुई र बालविवाहका एक लगायतका मुद्दा दर्ता भएकामा करिब ५० प्रतिशत मुद्दा फर्छ्यौट भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस