२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाबगरावासीले बाइस वर्षपछि जग्गा फिर्ता पाउँदै

अ+ अ-

गलकोट । बागलुङ बसपार्क निर्माण र जग्गा व्यवस्थापनका लागि बागलुङ नगरपालिकालाई दिएको जग्गा स्थानीयले २३ वर्षपछि फिर्ता पाउने भएका छन् । बागलुङ-४ दाबगरामा रहेको ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई बसपार्क निर्माण गर्न निःशुल्क प्रदान गरेका थिए । रु. नौ करोड लागतमा आधुनिक बसपार्क निर्माण भए पनि बाँकी जग्गा व्यवस्थापन गरेर स्थानीयलाई फिर्ता गर्न नसक्दा बसपार्कसमेत सञ्चालनमा आउन सकेको थिएन । अब भने बसपार्क सञ्चानमा आउने भएको छ । 

नगरपालिकाले अहिले जग्गा व्यवस्थापनसँगै फिर्ताका लागि आवश्यक पूर्वाधार निर्माण सुरु गरेपछि जग्गादाताले २२ वर्षपछि बसपार्क निर्माण गरेर बाँकी रहेको जग्गा घडेरीका रूपमा फिर्ता पाउने भएका छन् ।  नगरपालिकाले साढे १७ रोपनी जग्गामा बसपार्क निर्माण गरेर बाँकी रहेको ४१ रोपनी जग्गा घडेरीका रूपमा फिर्ता गर्न थालेको छ ।

स्थानीयले दिएको जग्गामा १७ वर्षपछि मात्रै बसपार्क निर्माण गर्न थालिएको थियो । स्थानीय र नगरपालिकाबीच भएको समझदारीअनुसार जग्गा फिर्ता नहुँदा निर्माण सम्पन्न भएको बसपार्कसमेत सञ्चालनमा आउन सकेको छैन । विसं २०७५ असोजमा ठेक्कामार्फत काम थालिएको  बसपार्क २०७८ को सुरुतिर सम्पन्न भए पनि दुई वर्ष बित्दासमेत बसपार्क सञ्चालनमा आउन सकेको थिएन । 

बागलुङ नगरपालिकाले बसपार्क निर्माण गरेर बाँकी रहेको जग्गा प्लटिङ गरेर स्थानीय जग्गादातालाई फिर्ता गर्ने प्रक्रिया सुरु गरेको बागलुङ नगरपालिकाले जनाएको छ । विसं २०५८ मै स्थानीयले नगरपालिकाको नाममा जग्गा दिने सहमति जनाएर बसपार्क निर्माण गर्ने भने पनि दुई दशकपछि मात्रै बसपार्क निर्माण सम्पन्न भएको थियो । 

स्थानीयले पाउनुपर्ने जग्गालाई नगरपालिकाले सहमतिअनुसार व्यवस्थापन गरेर स्थानीयलाई फिर्ता गर्नुपर्ने प्रावधानअनुसार जग्गा व्यवस्थापनको काम भइरहेको बागलुङ नगरपालिका-४ का वडाध्यक्ष तथा बसपार्क सञ्चालन समितिका संयोजक कुमारविक्रम क्षेत्रीले जानकारी दिए । “बसपार्कको इतिहास लामो भयो, यही वर्षमा बसपार्कको सबै काम टुङ्ग्याउने गरी अगाडि बढेका छौँ, स्थानीयलाई बसपार्क निर्माणपछि बाँकी रहेको जग्गा फिर्ता दिनका लागि जग्गा व्यवस्थापनको काम सकिएको छ, अब उक्त जग्गामा सडक, पानी, विद्युत् र ढलको कामका लागि रु. ७० लाखमा ठेक्कामार्फत काम हुन्छ”, उनले भने, “हामीले बसपार्क निर्माण सम्पन्न गरेकै दुई वर्ष बितिसक्यो, धेरै समस्या आए, अहिले नगरपालिकाले जग्गा व्यवस्थापनका लागि ४१ रोपनी जग्गा सम्याइसकेको छ, अब सडक ग्राभेल गर्ने, पानी, विद्युत् र ढलको काम गरेर जग्गा व्यवस्थापन समितिलाई बुझाउँछौँ, समितिले एक सय २७ वटा घडेरी स्थानीयलाई फिर्ता गर्ने छ ।”

बसपार्क सञ्चालनका लागि पहुँच मार्ग र स्थानीय जग्गादाताको सहमतिअनुसारको जग्गा फिर्ता गर्न नसक्दा हालसम्म सञ्चालनमा आउन नसकेको बसपार्क एक वर्षभित्रै सञ्चालनमा आउने क्षेत्रीको भनाइ छ । बसपार्क निर्माण गरेर बाँकी रहेको ४१ रोपनी जग्गामा सडक विस्तारका लागि नाप जाँचको काम भइरहेको नगरपालिकाका इन्जिनियर गौरव शर्माले जानकारी दिए । शर्माका अनुसार बसपार्कबाहेकको जग्गा प्लटिङ गर्नका लागि नक्साङ्कन गरिसकेको जनाउँदै सोहीअनुसार जग्गा कित्ताकाट गरिने इन्जिनियर शर्माको भनाइ छ ।

“तीनतर्फबाट बसपार्कको पहुँच मार्ग निर्माण गर्न थालेका छौँ, बाँकी रहेको सबै जग्गा समानान्तरता घडेरीजस्तो बनाएर नगरपालिकाले जग्गा व्यवस्थापन समितिलाई दिन्छ”, इन्जिनियर शर्माले भने, “स्थानीयले निःशुल्क दिएर बसपार्क निर्माणमा सहयोग गरेबापत उनीहरूको जग्गा नगरपालिकाले घडेरीका रूपमा फिर्ता गर्ने हो ।”

अहिले ५९ रोपनी जग्गामध्ये साढे १७ रोपनी जग्गा बागलुङ नगरपालिकाको नाममा पास भएर बसपार्क निर्माण भएको छ भने बाँकी ४१ रोपनी जग्गा बसपार्क व्यवस्थापन समितिको नाममा रहेको जग्गा व्यवस्थापन समितिका अध्यक्ष तथा जग्गादाता सुवास राजभण्डारीले जानकारी दिए । 

“ढिलै भए पनि नगरपालिकाले बसपार्क सञ्चालन र जग्गा फिर्ताका लागि आवश्यक काम थालेको छ, अब स्थानीयले जग्गा घडेरीका रूपमा पाउनेछन्”, उनले भने । लहलह धान झुल्ने खेत बसपार्क बनाउन स्थानीयले दिएको २३ वर्षपछि बसपार्क सञ्चालनको चरणमा पुगेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। 

नगर विकास कोषको ऋण लगानीमा रु नौ करोड  खर्चेर निर्माण गरिएको व्यवस्थित आधुनिक बागलुङ बसपार्कमा ६० ठुला बस, १० माइक्रो बस एकैसाथ अटाउन सक्नेछन् । टर्मिनल भवनको भुइँतलामा कार तथा मोटरसाइकल पार्किङ गर्न सकिने छ भने २० वटाभन्दा बढी व्यावसायिक सटरबाट नगरपालिकाले आम्दानी गर्न सक्नेछ । रु. नौ करोडमा आषिस फेवा जेभीले बसपार्क निर्माण गरेको हो । 

प्रतिक्रिया दिनुहोस