राष्ट्रपतिको शुभेच्छा सकारात्मक : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

राष्ट्रपतिको शुभेच्छा सकारात्मक : प्रधानमन्त्री प्रचण्ड


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु गर्न आफूसहित संसदमा रहेका प्रमुख दलहरू निरन्तर सक्रिय रहेको बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरूको बीचमा समझदारी निर्माणमा राष्ट्रपतिको शुभेच्छा सकारात्मक भएको बताएका हुन् ।

संसद सुचारु गर्न दलहरू करिब करिब सहमतिको नजिक पुगेको जनाउँदै प्रधानमन्त्री दाहालले राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गरेका छन् ।

‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरूको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ,’ प्रधानमन्त्री दाहाललाई उद्धत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने,‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन । हामी निरन्तर छलफलमा छौ । संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौ । राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गर्दछु ।’ विपक्षी एमाले भने राष्ट्रपतिले बोलाएको बैठकमा सहभागी भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस