डेंगु नियन्त्रण गर्न लार्भा नष्ट अभियान चलाउँदै काठमाडौँ महानगर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डेंगु नियन्त्रण गर्न लार्भा नष्ट अभियान चलाउँदै काठमाडौँ महानगर


४ भाद्र २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेंगु नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियानलाई तीव्र बनाउने भएको छ ।

राष्ट्रिय सभा गृहबाट फिल्डमा जाने नगर प्रहरीहरूलाई तालिम पश्चात् खटाइने महानगरले जनाएको छ । महानगरका अनुसार नगर प्रहरी पानी जमेको ठाउँ खोज्नेछन् र त्यहाँ लार्भिसाइड छर्किनेछन् ।

डेंगु नियन्त्रणका लागि महानगरका ६४ जना नगर प्रहरी वायो लार्भिसाइडसहित हरेक वडामा जानेछन्  । उनले महानगर डेंगु नियन्त्रणका लागि चलाएका नियमित कार्यक्रमहरू यथावत रहेको भन्दै लार्भिसाइड छर्कने कार्यक्रम मात्रै थप गरेको बताइएको छ । 

यस्तै महानगरको स्वास्थ्य विभागका अनुसार लार्भा नष्ट गर्न प्रयोग गरिने औषधि जैविक रहेको छ । लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि औषधिले हानी नगर्ने जनाइएको छ ।

यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्ने उनको भनाइ छ ।

बर्खायाम सुरु भएसँगै डेंगु रोग नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले हरेक हप्ताको बुधबार बिहान ८ बजेदेखि ९ बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान चलाउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस