२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् सरकारले नै चल्न नदिएको हो : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् माओवादीको झुट, बेइमानी र फट्याइँ बोल्ने थलो बनेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित एक कार्यक्रममा उनले सत्तापक्षले विपक्षी दलले बोल्न थालेलगत्तै होहल्ला गरेर संसदीय अभ्यासलाई अमर्यादित बनाएको दाबी समेत गरे । 

‘हामी संसद् चलाऔँ भन्ने चाहन्छौँ तर, संसद् माओवादीको झुट, बेइमानी, फट्याइँ बोल्ने थलो भएको छ,’ओलीले भने,’सुन भनेर पित्तल चढायो भन्ने बकवास गर्ने थलो भएको छ । नचाहिने कुरा गर्ने थलो भएको छ । संसद् भनेको जनताको समस्या र सही र सत्य ल्याउने ठाउँ हो । देशको समस्या ल्याएको ठाउँ हो । गम्भीर समस्या ल्याउने थलो हो ।’

ओलीले अपराधी पृष्ठभूमिका मानिसहरू भूलचुकले निर्वाचित भएर पनि आउने गरेको बताए । ‘हामीलाई सुन तस्करीको विभिन्न घटनाहरूको बारेमा बोल्न खोज्दा सत्तापक्षले हल्ला गर्छन्,’ उनले भने ।

यसअघि एमालेले ओली प्रधानमन्त्री हुँदा पशुपतिमा चढाएको सुनको जलहरी पित्तल भएको भन्दै सत्तारुढका सांसदको आरोप लगाएपछि संसद् अवरुद्ध पारेको थियो । त्यसपछि सांसदको भनाइ संसदको अभिलेखबाट हटाउने प्रमुख दलबीच सहमति भएपछि अवरोध अन्त्य भएको थियो ।

कार्यक्रममा उनले एमालेले नभई सत्तापक्षले संसद अवरुद्ध पारिरहेको बताए । ‘अहिले हामीले संसद् चल्न दिएन भनेर हल्ला चलाइएको छ । हामीले तस्करी रोक्न भनेका हौँ,’ ओलीले भने ।

उनले त्रिभुवन भन्सार मात्रै नभएर देशका विभिन्न स्थानबाट भएको सुन तस्करीसहितको छानबिन माग गरिएको दाबी गरे । ‘हामीले छानबिन समिति बनाऔँ भनेका छौँ, ’उनले भने,’सरकारले भने जे भन्यो त्यही मान्ने प्रहरीलाई अनुसन्धान गराउन खोजेको छ । प्रहरीले भनेको नमान्दा सरुवा गर्ने गरेको छ । ‘उनले प्रायोजित रूपमा फाइलहरू खोलिने भनेर हल्ला चलाइएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस