भक्तपुरको सुधारगृहबाट भागे १ सय ५० भन्दा बढी बालबालिका « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भक्तपुरको सुधारगृहबाट भागे १ सय ५० भन्दा बढी बालबालिका


४ भाद्र २०८०, सोमबार


काठमाडौँ । अपराधमा मुछिएका कम्तीमा १ सय ५० जना बालबालिका तथा किशोरहरू भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट भागेका छन् ।

सोमबार दिउँसो उनीहरू सुधार गृहको ढोका फोरेर भागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार फरार भएका उनीहरूको खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । केही भागेका बालबालिका तथा किशोरहरूलाई नियन्त्रणमा लिइ सकिएको छ । कति र कहाँबाट पक्राउ परे भन्नेबारे यकिन भई नसकेको रिजालले बताए ।

प्रजिअ रिजालले प्रशासनलाई बताए अनुसार आइतबार उक्त सुधारमा एक बालकको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोड समेत गरेका थिए । प्रदर्शनका क्रममा प्रहरी निरीक्षकसहितका केही प्रहरी घाइते भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस