तस्करबाट बरामद ६० किलो सुन उच्च गुणस्तरको « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तस्करबाट बरामद ६० किलो सुन उच्च गुणस्तरको


३ भाद्र २०८०, आइतबार


काठमाडौँ । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ‘ब्रेक-सु’बाट बरामद गरिएको सुनको गुणस्तर सबैभन्दा उत्कृष्ट ठहरिएको छ । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले गुणस्तर परीक्षण गर्दा उक्त सुन ‘९९९’ शुद्ध रहेको पुष्टि भएको हो । सामान्यतया बजारमा २२ क्यारेट र २४ क्यारेट भनेर सुनको गुणस्तर वर्गीकरण गर्ने गरिन्छ ।

तर, राष्ट्र बैंकले नम्बरका आधारमा सुनको गुणस्तर हेर्ने गर्छ । जसअनुसार ‘९९९’ भनेको सबैभन्दा उच्च गुणस्तरको (शुद्ध) सुन हो । नेपालमा यति शुद्ध गुणस्तरको सुन धेरै कम रहेको राष्ट्र बैंक स्रोतले बताएको छ । 

नेपाल राष्ट्र बैंकलाई सुनको सिक्का (असर्फी) का लागि सबैभन्दा उच्च गुणस्तरको सुन चाहिन्छ । यसकारण सरकारको अनुमति पाएमा कानुन अनुसार उक्त सुन आफैँले खरिद गर्न तयार रहेको राष्ट्र बैंक स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस