पहिलो ‘मेरो भ्वाइस युनिभर्स’ बने प्रीतम राई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पहिलो ‘मेरो भ्वाइस युनिभर्स’ बने प्रीतम राई


३ भाद्र २०८०, आइतबार


काठमाडौँ ।  प्रीतम राई पहिलो ‘मेरो भ्वाइस युनिभर्स’ बनेका छन् ।

सिक्किमका राईले नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ जितेका हुन् ।

शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा राई विजेता बनेका हुन् । उनले उत्कृष्ट ५ अन्तिममा पुगेका परेश राई, शिशिर ठटाल, शरद हुमागाईं र साइराज खातीलाई पछि पार्दै विजेता बनेका हुन् ।

विजेता बनेसँगै राईले १ करोड जितेका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेले पुरस्कृत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस