मुसिकोट नगरपालिकामा शोक बिदा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मुसिकोट नगरपालिकामा शोक बिदा


३ भाद्र २०८०, आइतबार


काठमाडौँ । मुसिकोट नगरपालिकाले आज शोक बिदा दिएको छ ।

नगरपालिकाले वडा नम्बर १ का वडा अध्यक्ष मोहन घिमिरेको निधनमा आज आइतबार एक दिन शोक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले निर्णय अनुसार आज एक दिन वडा अध्यक्ष घिमिरेको निधनमा पालिकाभित्र शोक बिदा दिइने प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए ।

शनिबार बिहान करिब ५ बजे फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे केही घण्टापछि रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

घिमिरे नेपाली काँग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका सभापतिसमेत थिए ।

सम्बन्धित समाचार : मृत फेला परे वडाअध्यक्ष, फेसबुकमा भेटियो यस्तो स्टाटस

Tags :
प्रतिक्रिया दिनुहोस