काँग्रेसको बलमा सरकार र गाइडेन्समा देश अगाडि बढिरहेको छ : आरजु राणा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेसको बलमा सरकार र गाइडेन्समा देश अगाडि बढिरहेको छ : आरजु राणा


२ भाद्र २०८०, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा.आरजु राणा देउवाले काँग्रेसको बलमा अरू पार्टीले सरकार बनाएको बताएकी छन् ।

नेपाल विद्यार्थी सङ्घ कैलालीद्वारा आयोजित रक्तदान तथा वनभोज कार्यक्रम उनले देश अहिले काँग्रेसको गाइडेन्समा अगाडि बढिरहेको दाबी गरेकी हुन् ।

उनले भनिन्,’ नेपाललाई अगाडि लग्ने हो भने नेपाली काँग्रेसले नै हो गाइड गर्न सक्ने। अहिले पनि गठबन्धनमा मेन गाइडेन्स नेपाली काँग्रेसकै छ। हाम्रै बलबुतामा अरू पार्टीहरूले सरकार बनाएका छन् ।’

काँग्रेसले भन्दै आएको लोकतन्त्र समाजवाद र राष्ट्रियताको विषयलाई अहिले सत्ता गठबन्धनका अन्य दलहरूले पनि मनन गरेको र त्यही अनुसार अघि बढेको उनको टिप्पणी थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस