नेपाल एयरलाइन्सद्वारा काठमाडौँ-दमाम उडान मिति तय  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाल एयरलाइन्सद्वारा काठमाडौँ-दमाम उडान मिति तय 


२ भाद्र २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले आफ्नो ११ औँ अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा साउदी अरेबियाको दमाममा उडानको मिति तय गरेको छ ।

सो गन्तव्यका लागि कम्पनीले शनिबारबाट बुकिङ खुला गरेको नेपाल वायु सेवा निगमले जानकारी दिएको छ । यहाँ भदौ २० अर्थात् ६ सेप्टेम्बरबाट नियमित उडान हुने भएको निगमको भनाई छ । 

यस रुटमा साताको दुई दिन बुधबार र शनिबार उडान हुने भएको छ भने थप माग अनुसार गन्तव्य विस्तार गरिने जनाइएको छ । काठमाडौँ-दमाम प्रमोसनल फेयर ३५ हजार रुपैयाँ तोकिएको छ ।

दमाम-काठमाडौँका लागि भने ५९५ साउदी डलर फेयर तोकिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस