आज कस्तो रहला दिनभरको मौसम ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज कस्तो रहला दिनभरको मौसम ?


२ भाद्र २०८०, शनिबार


काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा उत्तर र पूर्वमा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले आज हल्कादेखि मध्यम वर्षाको मात्रै सम्भावना छ।

न्यून चापीय क्षेत्र पनि भारतको ओडिसा आसपासमा छ। आज बिहान मधेश लगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसारम अहिले गण्डकी प्रदेशका थोरै स्थानहररू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ।

 देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू- भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति देशभर आँशिक देखि सामान्य बदली रही कोशी , बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस