निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त


१ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको सहभागिता प्रतिशतमा मात्र नभई अर्थपूर्ण हुनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय महिला आयोगद्वारा आयोजित ‘नेपालमा महिलाको अवस्था’ विषयक पुस्तक विमोचन समारोहमा उनले तथ्याङ्क विश्लेषण गरेर मात्र महिलाको सहभागिता निक्र्याैल गर्न नहुने बताउँदै अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका हुन्।

उनले निर्वाचनमा महिलाको सहभागितालाई पुस्तकले थप विश्लेषण गरेको बताउँदै निर्वाचनसम्बन्धी आधिकारिक तथ्य आयोगसँग लिन आग्रहसमेत गरे।

निर्वाचनमा महिलाको सहभागिता अभिवृद्धि गर्न पहल गरिरहेको र थप मजबुत बनाउन महिला आयोगसँग सहकार्य र समन्वय गरी अघि बढ्न निर्वाचन आयोग तयार रहेको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस