सुन प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग भेटियो नेपाली नागरिकता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुन प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग भेटियो नेपाली नागरिकता


१ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ नागरिकसँग नेपाली नागरिकता पनि भेटिएको जनाएको छ ।

ब्रेक शुभित्र राखेर ल्याइएको अवस्थामा करिब ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । यो प्रकरणमा सीआईबीले सुन तस्करी र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

सीआईबीका अनुसार टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई, गाउँ हुई, झोङ सेक चिन र ताङ पिङ, लिन चुवान पक्राउ परेका छन् । चिनियाँ नागरिकका नाममा काभ्रे जिल्ला प्रशासनबाट नेपाली नागरिकता जारी भएको पाइएको अनुसन्धान अधिकारीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस