नेपाल आएका बङ्गलादेशी पर्यटकलाई विमानस्थलमै नौमती बजाएर स्वागत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल आएका बङ्गलादेशी पर्यटकलाई विमानस्थलमै नौमती बजाएर स्वागत


१ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । जहाज चार्टर्ड गरेर नेपाल आउने बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नौमती बाजासहित स्वागत गरिएको छ।

बङ्गलादेशबाट आज र भोलि करिब ७०० पर्यटक नेपाल आउँदै छन्। नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबार र शनिबार जहाज चार्टर्ड गरी बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन्। शुक्रबार दिउँसोसम्म करिब २०० पर्यटक आइसकेको बताइएको छ।

अगस्ट १८ देखि अगस्ट २२ सम्म होटेल र्‍याडिसनमा आयोजना हुने अकिज प्लास्टिक डिभिजनको नेपाल डिलर तथा सेल्स सम्मेलनमा भाग लिन आएका हुन्। सम्मेलन सकिएलगत्तै उनीहरूको नेपालको प्रमुख पर्यटकीय गन्तव्य घुम्ने योजना रहेको छ।

शुक्रबार दिउँसो र साँझ हिमालयन एअरबाट र भोलि दिउँसो विमान बङ्गलादेशको चार्टर्डबाट उनीहरू नेपाल आउन लागेका हुन्।

नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट् टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउण्ड ह्याण्डलिङ’ गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस