२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटक आकर्षित गर्न कार्यक्रम नआएको भन्दै पर्यटन व्यवसायीले जनाए असन्तुष्टि

अ+ अ-

काठमाडौँ । पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ-संस्थाले पर्यटक आकर्षित गर्न सरकारीस्तरबाट कुनै कार्यक्रम नआएको भन्दै असन्तुष्टि जनाएका छन् ।

सरकारले सन् २०२३ बाट भ्रमण दशक सुरु गरेको छ । तर, यो कसरी सञ्चालन गर्ने, बजेट कसरी गर्ने र के कार्यक्रम गर्ने भन्ने टुङ्गो पर्यटन मन्त्रालयले अझै लगाउन सकेको छैन ।

बुधबार होटेल सङ्घ नेपालका अध्यक्ष विनायक शाहको सभापतित्वमा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाहरूको संयुक्त बैठकले कार्यक्रम अगाडि नबढेको प्रति चिन्ता व्यक्त गरेको हो ।

बैठकमा कोभिडबाट धरासायी भएको पर्यटन उद्योगको संवर्द्धन र प्रवर्द्धनमा सरोकारवालाहरूबाट चालिनुपर्ने कदमका साथै संघीय पर्यटन ऐन संशोधन र अद्यावधिकीकरणमा व्यवसाय तथा लगानीमैत्री नीति समावेश हुनु पर्नेमा व्यवसायीले एकमत राखेका थिए ।

कोभिडको समयमा एक वर्ष पर्यटन क्षेत्रलाई उद्योगमा वर्गीकरण गरिएकोमा त्यसपश्चात पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा नराखेको भन्दै व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाल सरकारका प्रतिनिधिहरूले चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले पर्यटक संख्या बढेको जनाउँदै आर्थिक गतिविधि समेत बढेको जनाए पनि निरन्तर थपिँदै गएको तारे होटेललगायतका पर्यटन व्यवसायको कुल सञ्चालन क्षमताको एक तिहाइभन्दा पनि कम क्षमता उपयोग भइ सञ्चालनमा समेत घाटा रहेको जनाइएको छ ।

आजको दिनमा ३५ लाख पर्यटकलाई धान्न सक्ने पर्यटन क्षेत्रको क्षमता विकास भइसकेको र राज्यले घोषणा गरेको सन् २०२३ मा १० लाख पर्यटन, सन् २०२५ लाई विशेष पर्यटन वर्ष र पर्यटक दशकको कार्यक्रमहरूलाई निजी क्षेत्रसँगको सहभागिता र समन्वयमा कार्यक्रमहरू द्रुत गतिमा अगाडि बढाइनु पर्नेमा समेत व्यवसायीले जोड दिएका छन् ।

पर्यटन दशक प्रारम्भ भएको झन्डै ८ महिना व्यतीत भइसक्दा पनि कार्यक्रम, बजेट, सचिवालयसम्म नतोकिएको प्रति चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस